तेस्रो खेल जितेर सन्दीपको जमैका तेस्रो स्थानमा – Janadesh Daily | ePaper

तेस्रो खेल जितेर सन्दीपको जमैका तेस्रो स्थानमा


जनादेश, काठमाण्डौ ।

जमैका तलाबाजले क्यारेबियान प्रिमियर लिगमा शनिबार तेस्रो खेल जितेर अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । जमैकाले सेन्ट किट्स एन्ड नेभिस प्याट्रिएसलाई ३७ रनले हरायो ।

पहिले ब्याटिङ गरेको जमैकाले जितका लागि तय गरेको १ सय ४८ रनसामु सेन्ट किट्स १ सय १० रन बनाएर अलआउट भएको थियो । सेन्ट किट्स १९.४ ओभर मात्र टिकेको थियो ।

सन्दीपले त्यसमा चार ओभर बलिङ गर्दै २७ रन दिएर दुई विकेट लिए । लेग स्पिनर सन्दीपले एभिन लेविस र इस सोढीलाई आउट गरे । यसअघि ग्लेन फिलिप्सको ७९ रनको मदतले जमैकाले ६ विकेटम १ सय ४७ रन बनाएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्