निष्कृय सिम अर्काको नाममा जारी गर्न एक वर्ष कुनुपर्ने – Janadesh Daily | ePaper

निष्कृय सिम अर्काको नाममा जारी गर्न एक वर्ष कुनुपर्ने


जनादेश, काठमाण्डौ ।

अब १२ महिनासम्म निष्क्रिय रहेका सिमकार्ड अर्काको नाममा जारी गर्न नपाइने भएको छ । दूरसञ्चार क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले सिम निष्क्रिय भएको एक वर्षपछि मात्रै पुनः वितरण गर्न पाउने नयाँ व्यवस्था गरेको हो ।

यद्यपी ६ महिनासम्म निष्कृय रहेका सिमकार्ड खारेज गर्न सक्ने व्यवस्था भने कायमै छ । मोबाइल नम्बर बैंक खाता, मोबाइल वालेट, सामाजिक सञ्जाललगायतका विविध सेवासँग जोडिने भएकाले नियामकले यस्तो व्यवस्था गरेको हो । यस अघि सेवा प्रदायकहरुले ६ महिनासम्म निष्क्रिय रहेका सिमकार्ड पुनः बिक्री गर्न पाउने व्यवस्था रहेको थियो ।

६ महिनामै सिमकार्ड पुनः वितरण गर्दा जोखिम बढेको भन्दै नेपाल बैंकर्स एसोसियसनले कम्तिको दुई वर्षको अवधि कायम गर्न प्राधिकरणसँग अनुरोध गरेको थियो ।

केही दिन अघि बसेको प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठकले नयाँ व्यवस्था कार्यान्वयनका लागि सेवाप्रदायकलाई निर्देशन दिने निर्णय समेत गरिसकेको छ । त्यसअनुसार निर्देशन जारी गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्