जनादेश, काठमाण्डौ ।
कोरोना भाइरसको संक्रमणबाट बिदेशमा रहेका १ सय ९५ जना नेपालीको मृत्युभएको छ ।
गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिका अनुसार विश्वका १६ देशमा १ सय ९५ जना नेपालीको कोरोनाबाट मृत्युभएको हो ।
कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायतका देशमा रहेका नेपालीहरुको मृत्युभएको हो ।
अहिलेसम्म ३८ देशमा रहेका ३४ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । ति मध्य ३२ हजार ५ सय ११ जना कोरोना मुक्त भएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिनुभएको छ ।