कोरोनाका कारण ५३ हजार बढी नेपाली जागीर छोडेर स्वदेश फर्किए – Janadesh Daily | ePaper

कोरोनाका कारण ५३ हजार बढी नेपाली जागीर छोडेर स्वदेश फर्किए


जनादेश, काठमाण्डौ ।

रोजगारीको शिलसिलामा बिदेशमा रहेका र कोरोनाका कारण समस्यामा परेपछि ५३ हजार ६ सय ९९ जना नेपाली जागीर छोडेर स्वदेश फर्केका छन् । सरकारले जारी गरेको तथ्याङकअनुसार ५८ देशबाट कोरोना महामारी सुरु भएयता ५३ हजार ६ सय ९९ जना नेपाली स्वदेश फर्किएका हुन् ।

ति मध्ये सबैभन्दा बढी १५ हजार २ सय १० जना नेपाली दुबईबाट र मलेसियाबाट ८ हजार २ सय ७६ जना नेपाली स्वदेश फर्किएका छन् ।साउदीबाट आठ हजार २ सय २८, कुवेतबाट ६ हजार ३ सय २० जना नेपाली स्वदेश आएका छन् ।

यस्तै, कतारबाट पाँच हजार ७ सय ३९, जापानबाट एक हजार २ सय ८२, अस्ट्रेलियाबाट एक हजार ८७, दक्षिण कोरियाबाट ९ सय ६७ जना र बङ्गलादेशबाट ८६५ जना फर्किएको सरकारले बताएको छ ।

यसैगरी, माल्दिभ्सबाट ७ सय ९, ओमानबाट ६ सय ६७, अमेरिकाबाट ५ सय ९१, थाइल्याण्डबाट ३ सय २६, बेलायतबाट २ सय ४४, चीनबाट २ सय ८ जना नेपाली स्वदेश फर्किएका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्