जनादेश, काठमाण्डौ ।
सरकारले कोरोना सङ्क्रमण समुदायमा व्यापक रुपमा फैलि नसकेको बताउँदै आएको छ ।
तर कोरोनाको सङ्क्रमण व्यापक रुपमा समुदायमा फैलिने अवस्थामा वृद्धवृद्धा, बालबालिका तथा सुत्केरीरगर्भवती लगायत जोखिम समूह अझै प्रभावित हुने देखिएको छ ।
युवामा सङ्क्रमण बढ्दै जानु र सङ्क्रमितमध्ये जोखिम समूह जस्तै ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका तथा सुत्केरी र गर्भवतीको ज्यान जानुले जोखिम झन बढाएको छ ।
अहिले बालबालिका, वृद्धवृद्धामा पनि कोरोना सङ्क्रमण देखिन थालेको रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले बताउनु भयो ।
बढी जोखिम हुने यो समूहमा सङ्क्रमण फैलियो भने मृत्युदर पनि बढ्ने उहाले बताउनु भयो ।
परिवारमा वृद्धवृद्धा, बालबालिका तथा गर्भवती र सुत्केरी भएको अवस्थामा बढी जोखिम हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका र बुढापाकालाई सङ्क्रमणबाट जोगाउनु अबको मुख्य चुनौती भएको उहाले बताउनुभयो ।
कोरोना एक व्यक्तिबाट अर्कोमा सर्ने भएका कारण घरमा बस्दा जोखिमयुक्त समूह सकेसम्म छुट्टै बस्नुपर्ने उहाँको सुझाव छ ।