वडाध्यक्ष नै आन्दोलनमा ! – Janadesh Daily | ePaper

वडाध्यक्ष नै आन्दोलनमा !


सुरुङ्गा ।

कोभिड– १९ को बढ्दो सङ्क्रमणका कारण झापाका विभिन्न सात वटा स्थानीय तहमा कतै आंशिक त कतै पूर्णरुपमा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्लामा ५७४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि दमक, कनकाइ, कमललगायतका स्थानीय तहमा पूर्णरुपमा निषेधाज्ञा छ । यहाँको कचनकवल गाउँपालिमा भने नेतृत्वले वडागत बजेट विनियोजन गर्दा विभेद गरेको आरोप लगाउँदै जनप्रतिनिधिसहित स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।

गाउँपालिकाले रकम विनियोजन गर्दा विभेद गरेको र स्थानीयले तिर्न नसक्ने गरी राजश्व बढाएको जनाउँदै वडाध्यक्षसहित स्थानीय युवा विरोधमा उत्रिएको कचनकवल– ६ का वडाध्यक्ष कुलबहादुर कार्कीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष अञ्जारा आलमले कार्यपालिकाको बैठक नै नराखी आफूखुशी ६० लाखको बजेट सिलिङ १० लाखमा झारेको, राजश्व परामर्श समितिको निर्णयविपरीत तीन गुणासम्म कर बढाएको जनाउँदै वडा नम्बर २, ४,६ र ७ का वडाध्यक्षसहित स्थानीयले गाउँपालिकाको कार्यशैलीप्रति विरोध गरिरहेका छन् । उनीहरुले गाउँपालिकाको निर्णय सच्याउन माग राखेर दुई पटकसम्म यसअघि गाउँपालिकामा तालाबन्दी गरेका थिए ।

विरोधसभालाई वडा नं २ का अध्यक्ष मेखबहादुर भट्टराई, वडा नं ४ का अध्यक्ष परमानन्दसिंह राजवंशी, ६ का अध्यक्ष कुलबहादुर कार्की र वडा नं ७ का अध्यक्ष भरत राजवंशीसहित विद्यार्थी नेता रोशन लामालगायतले गाउँपालिका अध्यक्ष र राप्रपा पार्टी एकलौटी ढङ्गले अगाडि बढेको आरोप लगाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्