चिनियाँ विदेशमन्त्रीको चेतावनी : एक चीन नीति विरुद्ध जानेले चर्को मुल्य चुकाउनु पर्छ – Janadesh Daily | ePaper

चिनियाँ विदेशमन्त्रीको चेतावनी : एक चीन नीति विरुद्ध जानेले चर्को मुल्य चुकाउनु पर्छ


जनादेश, काठमाण्डौ ।

चिनियाँ विदेशमन्त्री तथा चिनियाँ राज्यपरिषदका सदस्य वाङ्ग यीले एक चीन नीतिका विरुद्व जाने जो कोहीले पनि चर्को मुल्य चुकाउनुपर्ने बताएका छन् ।

युरोप भ्रमणका क्रममा जर्मनी पुगेका वाङ्ग यीले सोमबार यस्तो कडा अभिव्यक्ति दिएका हुन् ।

उनको अभिव्यक्ति आइतबारका दिन देखि चेक गणराज्यको सिनेट सभामुखको ताइवान भ्रमणलाई लक्षित रहको चिनियाँ संचारमाध्यमले समाचार लेखेका छन् ।

ताइवान चीनको अभिन्न भाग हो र एक चीन नीतिको बर्खिलापमा जानु भनेको १ अर्ब ४० करोड चिनियाँ जनताको नजरमा शत्रु हुनुका साथै अन्तरराष्ट्रिय विश्वास र आचारसहिंताको पनि उल्लंघन भएको वाङ्ग यीको भनाई छ ।

चेक गणराज्यको सिनेट सभामुख मिलोस भिस्टस्रिलको ताइवान भ्रमण केवल उक्साहट मात्र रहेको चिनियाँ विदेशमन्त्रीको भनाई उद्धृत गर्दै ग्लोबल टाइम्स्ले लेखेको छ ।

विश्व महाशक्तिको रुपमा उदाउदै गएको चीनले हालैका समयमा आफ्नो विदेश नीतिमा पनि आक्रामक कदम लिएको टिप्पणी देखा परेका छन् ।
सो भ्रमणको विरोधमा चेक गणराज्यस्थित चिनियाँ राजदुताबासले पनि कडा शब्दमा प्रतिक्रिया दिएको छ । एजेन्सी

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्