गुर्जोको सेवनले मानिसको रोग प्रतिरोधात्मक शक्ति बढाउने – Janadesh Daily | ePaper

गुर्जोको सेवनले मानिसको रोग प्रतिरोधात्मक शक्ति बढाउने


जनादेश, काठमाण्डौ ।

गुर्जोको सेवनले मानिसको रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि यसको सेवन दैनिक रुपमा गर्न डाक्टरहरुले सुझाएकाछन् । ।

असन्तुलित खानपान, जीवनशैली लगायतका कारण दिनप्रति दिन रोगीको सङ्ख्या बढ्दै गएका बेला गुर्जोको उपयोगिता बढ्न थालेको छ ।

आयुर्वेदिक चिकित्सकका अनुसार गुर्जोको नियमित सेवन गरेमा मधुमेह, उच्च रक्तचाप, थाइराईड भएका बिरामीलाई निकै फाइदा गर्दछ ।

समान्य रुघाखोकीदेखि मधुमेह, उच्च रक्तचाप, मुटुलगायत रोगीका लागि गुर्जो सञ्जिवनी बुटी मानिने गरिन्छ । कारोना कहरबाट जोगिन रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जोको उपयोगिता अझै बढेको छ ।

कोभिड–१९ सङ्क्रमण देखिनुभन्दा पहिले फाट्टफुट्ट रुपमा प्रयोग हुने गुर्जो अहिले धेरैले प्रयोग गर्न थालेका छन् ।

प्रयोग बढ्न थालेपछि काभ्रेपलाञ्चोमा यसको माग ह्वातै बढेको छ । कसैले दिनमा एक पटक त कसैले साँझ बिहान दुई पटक खाने गरेका छन् । कोरोना भाइरस सङ्क्रमणबाट जोगिन गुर्जो, मरीच, बेसार र अदुवा मिसाएर झोल बनाएर खान उपयुक्त हुने डाक्टरहरु बताउछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्