काँग्रेसद्वारा दुःख व्यक्त – Janadesh Daily | ePaper

काँग्रेसद्वारा दुःख व्यक्त


जनादेश, काठमाण्डौ ।

नेपाली काँग्रेसले कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरामा पुरिएर १० जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । नाग्मामा आइतबार दिउँसो गएको पहिरामा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएका थिए ।

काँग्रेसले आज प्रेस विज्ञप्तिमार्फत उक्त घटनामा जीवन गुमाउनुभएका सम्पूर्णमा श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरुका शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारलाई राहत र स्वास्थ्योपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

यसैगरी काँग्रेसले कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं १ का पार्टीका क्षेत्रीय सभापति एवं बुद्धभूमि नगरपालिका–७ का वडाध्यक्ष राजेश्वर सिंहको निधनप्रति दुःख व्यक्त गरेको छ । सिंहको आइतबार भैरहवा अस्पतालमा उपचारका क्रममा ७० वर्षका उमेरमा निधन भएको हो ।

काँग्रेस सभापति शेरबहादुर देउवाले आज शोक विज्ञप्तिमार्फत सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । सिंहले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

साथै सोही जिल्लाको मायादेवी गाउँपालिका–२ का पार्टीका सभापति मोहनीहासन मुसलमानको निधनप्रति पनि दुःख व्यक्त गरिएको छ । मुसलमानको आइतबार भारतको गोरखपुरमा उपचारका क्रममा ६५ वर्षका उमेरमा निधन भएको हो । मुसलमानले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

यसैगरी काँग्रेसले पार्टीको पाल्पा—काठमाडौँ सम्पर्क समितिका अध्यक्ष एवं पार्टीका क्षेत्रीय प्रतिनिधि खिमानन्द बस्यालका पिता चोपलालकाे निधनप्रति दुःख व्यक्त गरेको छ ।

चोपलालकाे आइतबार समिट अस्पताल, लोकन्थलीमा उपचारका क्रममा ७७ वर्षका उमेरमा निधन भएको हो । बस्यालले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्