प्राविधिक तालीम खारेजको निर्णय प्रति नेविसंघको आपत्ति – Janadesh Daily | ePaper

प्राविधिक तालीम खारेजको निर्णय प्रति नेविसंघको आपत्ति


जनादेश, काठमाण्डौ ।

नेपाल विद्यार्थी सङ्घले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) बाट सञ्चालित तालीम खारेज गर्ने सरकारको निर्णय प्रति नेविसंघले दुख एवं आपत्ति प्रकट गरेकोछ ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज विज्ञप्ति जारी गरी सीटीइभीटीबाट सञ्चालित चिकित्सा शिक्षासम्बन्धी सिएमए, एएनएम, ल्याब असिस्टेन्टलगायत टीएसएलसी र एसइईस्तरका १८ महिने स्वास्थ्य तालीम खारेज गर्ने सरकारको निर्णय गलत भएको बताउनुभएको हो ।

“प्राविधिक शिक्षासम्बन्धी भावी योजना र विकल्पसमेत नदिएर विगत २५ वर्षदेखि अविछिन्न सञ्चालित तालीम बन्द गर्दा ठूलो अन्योल छाएको छ”, ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेविसङ्घले हाल कोभिड–१९ विरुद्धको सङ्घर्षमा अग्रभागमा कार्यरत सिएमए, एएनएम, ल्याब असिस्टेन्टलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टो उनीहरुसहित देशभर स्वास्थ्य शिक्षामा तालीमरत १२ हजार विद्यार्थीलाई आतङ्कित बनाउँदै कुनै खाका र योजनाबिनै बन्द गरिनु घोर आपत्तिजनक विषय भएको बताएको छ ।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले खुलेका शैक्षिक संस्थालाई पूर्वाधार सम्पन्न गर्दै जानुपर्नेमा सीपमूलक तालीम बन्द गर्नु सरकारको गैरजिम्मेवारी कार्य भएको उल्लेख गर्नुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्