जनादेश, काठमाण्डौ ।
प्रमुख शाक्यको सचिवालयका अनुसार उहाँको आइतबार स्वाब परीक्षणका लागि दिइएकामा आज सङ्क्रमण पुष्टि भएको हो । सोमबार उनलाई कोरोना पोजेटिभ देखिएको हो ।
दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए ।
हाल प्रमुख शाक्य कामपा वडा नं १९ लगनटोलस्थित निजी निवासमा आइसोलेशनमा रहनुभएको छ । उहाँमा कोभिड –१९ का कुनै लक्षण नदेखिएको कामपा प्रशासन विभाग प्रमुख नमराज ढकालले जानकारी दिए ।
उहाँको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताइएको छ । उहाँकी पत्नीको भने रिपोर्ट नेगेटिभ आएको छ ।