जनादेश, काठमाडौँ ।
कोरोना संक्रमणबाट ७० वर्षीय पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ ।
लामो समयदेखि मुटु रोगले ग्रसित उनको उपचारका क्रममा बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि अस्पताल भर्ना भएका उनमा कोरोना पुष्टि भएको थियो ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट सेवा निवृत्त भएका थिए ।