भ्याक्सिनलाई स्वीकृति दिन हतार नगर्न आग्रह – Janadesh Daily | ePaper

भ्याक्सिनलाई स्वीकृति दिन हतार नगर्न आग्रह


जनादेश, काठमाण्डौ ।

विश्व स्वास्थ्य संगठन डल्बुएचओले कोरोना भाइरसविरोधी भ्याक्सिनलाई स्वीकृति दिने प्रक्रियालाई ‘गम्भीरता’ अपनाउन सुझाव दिएको छ।

संयुक्त राष्ट्र संघको स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले कोरोना बिरुद्धको भ्याक्सीनलाई हल्का ढंगले लिने काम नभएको भन्दै गम्भिरता अपनाउन सुझाब दिनुभएको हो ।

डल्बुएचओका अनुसार अहिले ३३ वटा भ्याक्सिनमाथि क्लिनिकल ट्रायल चलिरहेको छ । १ सय ४३ वटा खोप अहिले पूर्ब मूल्याकनकोे चरणमा छ ।यसका साथै विश्व स्वास्थ्य संगठनले बिना पर्याप्त तयारी लकडाउन हटाइरहेका देशलाई चेतावनी पनि दिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार जुन मुलुकमा अहिले पनि धेरै मात्रामा संक्रमित देखिएका छन्, त्यस्ता मुलुक मानिसहरुलाई भेला हुने अनुमति दिनु बार्वादीलाई निम्ताउनु सरह हुने उल्लेख गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्