राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थप २ जनामा कोरोना संक्रमण पुष्टि – Janadesh Daily | ePaper

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थप २ जनामा कोरोना संक्रमण पुष्टि


चन्द्रप्रकाश नेपाली ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थप २ जना सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल बाँकेमा गरिएको पीसीआर परीक्षणमा एक जना स्टाप नर्स र एक जना कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए ।

त्यसैगरी संक्रमितको सम्पर्कका आधारमा घोराहीका ४२ बर्षका पुरुष र तुलसीपुर५ का २ जना महिलामा पनि कोरोना देखिएको छ ।

भदौ १३ गते २ जना डाक्टर सहित ९ जनामा कोरोना देखिएपछि १४ गते २ सय ५० जनाको स्वाब संकलन गरिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्