डरलाग्दो दरः नेपालमा आजै ५ कोरोना संक्रमितको मृत्यु – Janadesh Daily | ePaper

डरलाग्दो दरः नेपालमा आजै ५ कोरोना संक्रमितको मृत्यु


जनादेश, काठमाण्डौ ।

नेपालमा आजैमात्र कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ‍७५ वर्षीय एक जना पुरुष र २० वर्षीया एक जना महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

ती बिरामी मधुमेह, उच्च रक्तचाप र मिर्गौला तथा बाथरोगबाट पीडित रहेको बताइएको छ । दुवै जनाको आइसियूमा उपचार भइरहेको थियो । त्यस्तै रुपन्देहीमा पनि एक कोरोना संक्रमितको आज मृत्यु भएको छ । पर्सा र चितवनमा पनि थप एक-एक जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

नेपालमा अहिलेसम्म ४० हजार ५ सय भन्दा बढी कोरोना संक्रमित भैसकेका छन् भने २ सय ४४ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्