दाङमा ७ सय ९१ जनामा कोरोना संक्रमण, भयावह अवस्था आउन सक्ने – Janadesh Daily | ePaper

दाङमा ७ सय ९१ जनामा कोरोना संक्रमण, भयावह अवस्था आउन सक्ने


चन्द्रप्रकाश नेपाली ।

दाङमा कोरोना भाइरस संक्रमितको संख्या ७ सय ९१ पुगेको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार अहिले सम्म जिल्लामा ७ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको र ति मध्य ६ सय ९८ जना कोरोना मुक्त भएका छन् । दाङमा अहिले ९१ जना सक्रिय संक्रमित रहेका छन् ।

उनिहरुको जिल्लाका विभिन्न आइसोलेशन, अस्पतालमा उपचार भैरहेको छ भने केही घरमै छुट्टै कोठामा बसेका छन् । ५ जना संक्रमितको भने जिल्ला बाहिर उपचार भैरहेको छ । यसैविच तीन वटा गाउँपालिकामा पुष्टि भएका संक्रमित सबै कोरोना मुक्त भएका छन् ।

बंगलाचुली, गढवा र दंगिशरण गाउँपालिकामा संक्रमण पुष्टि भएकाहरु सबै कोरोना मुक्त भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभएको छ ।

बंगलाचुलीमा १ सय ६०, गढवामा ४५ र दंगिशरणमा ५ जनामा संक्रमण पुष्टि भएको र उनिहरु सबै कोरोना मुक्त भैसकेको उहाँको भनाई छ ।

समयमै नियन्त्रणका उपायहरु नपनाउने हो भने भयावह अवस्था आउन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरु बताउँछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्