जनादेश, काठमाण्डौ ।
कोरोना राकेथाम तथा नियन्त्रणका लागि अहिले काठमाडौं सहित देशका ३४ जिल्लामा पुर्ण रुपमा निषेधाज्ञा लगाईएको छ ।
समुदाय स्तरमै कोरोना संक्रमण फैलन थालेपछि सम्वन्धित जिल्ला प्रशासनले निश्चित समयका लागि निषेधाज्ञा घोषणा गरेका हुन् ।
गृह मन्त्रालयको विवरण अनुसार दाङ सहित सप्तरी, धनुषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, रौतहट, धनकुटा, चितवन, दोलखा र सिन्धुपाल्चोकमा निषेधाज्ञा गरिएको छ ।
यसैगरी सिराहा, मोरङ, रामेछाप, रुपन्देही, अर्घाखाँची, स्याङ्जा, पाल्पा, कैलाली प्युठान, दैलेख, कन्चनपुर, तेह्रथुम, संखुवासभा, बैतडी, कपिलबस्तु, डोल्पा र डोटी पनि पूर्ण निषेधाज्ञा छ।
यसैगरि आंशिक निषेधाज्ञा रहेका जिल्लाको संख्या ९ रहेको मन्त्रालयले जनाएको छ। नुवाकोट, झापा, जुम्ला, मकवानपुर, धादिङ, तनहुँ, बाग्लुङ, रुकुम पश्चिम र बझाङमा आंशिका निषेधाज्ञा छ ।