चन्द्रप्रकाश नेपाली ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले आज देखी सबै सेवाहरु सूचारु गरेको छ । गत १३ गते चिकित्सक सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि रोकिएका सेवाहरु आजबाट सबै सुरु गरेको हो ।
अस्तीबाट प्रसुती, इमरजेन्सी सेवा सुरु गरेको अस्पतालले आजबाट ओपिडी र अप्रेशनसेवा सुरु गरेको जनाएको छ । अस्पतालले सबै सेवा सुचारु गरेपछि आजदेखि बिरामीहरु उपचारका लागि पुगेको अस्पतालका डा. पदमराज अधिकारीले जानकारी दिए ।
अस्पतालमा कार्यरत २ जना चिकित्सक र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि १३ गतेदेखि ओपिडी सेवा बन्द गरिएको थियो ।
साथै ति संक्रमितको सम्पर्कमा रहेका कर्मचारी एवं अन्य नागरिकहरु गरी थप २ सय ५० जना व्यक्तिहरुको स्वाब जाँच गर्दा २ जना कर्मचारी र अन्य तीन जनामा हिजो कोरोना देखिए पनि सेवा सुरु गरिएको डा. अधिकारीले बताए।