स्वाब परिक्षणको शोधभर्ना प्रति नागरिक समाजको ध्यानाकर्षण – Janadesh Daily | ePaper

स्वाब परिक्षणको शोधभर्ना प्रति नागरिक समाजको ध्यानाकर्षण


चन्द्र प्रकाश नेपाली
घोराही। राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले पिसिआर परिक्षणको शुल्क मागेर स्थानीय पालिकालाई शोध भर्नाका लागि लेखिएको पत्रप्रति नागरिक समाज दाङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नागरिक समाजको आज बसेको बैठकले प्रतिष्ठानले लेखेको पत्रप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

प्रतिष्ठानले केही दिनअघि पिसिआर परिक्षण रोकेको, रकम माग गरेको र शुल्कको माग गर्दै शोध भर्नाका लागि स्थानीय पालिकालाई पत्र लेखेपछि समाजले ध्यानाकर्षण भएको जनाएको छ । साथै परिक्षण कार्यलाई निरन्तरता दिन पनि बैठकले माग गरेको छ ।

यस्तै प्रतिष्ठानमा देखा परेको समस्यालाई समाधान गर्नका लागि सर्बदलीय सर्बपक्षीय बैडकको आयोजना गर्न पनि माग गरिएको छ । यसअघि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान बचाऔँ अभियानले पनि हिजो बिज्ञप्ती जारी गरेर उक्त कार्यको बिरोध गरेको थियो ।

प्रतिष्ठान बचाऔँ अभियानका संयोजक बिकिरण गौतमले हिजो बिज्ञप्ती जारी गरेर प्रतिष्ठानले गरेको कार्यको बिरोध गर्नुभएको छ । सर्बसुलभ र पिसिआर परिक्षणलाई निरन्तरता दिन बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्