वामदेव गौतम अर्थमन्त्री निश्चित, डा खतिवडा बाहिरिने – Janadesh Daily | ePaper

वामदेव गौतम अर्थमन्त्री निश्चित, डा खतिवडा बाहिरिने


जनादेश, काठमाण्डौ ।

अन्ततः लामो रस्साकस्सीबीच प्रधानमन्त्री केपी शर्मा ओली वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनितका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्न सहमत भएका छन् ।

सत्तारुढ नेकपामा नेताहरुबीच यस्तो सहमति भएपश्चात आज दिउँसो ३ बजेका लागि राखिएको सचिवालय बैठकले यसबारेमा ठोस निर्णय गर्नेछ ।

राष्ट्रियसभामा वामदेव गौतमलाई नियुक्तिका लागि मन्त्रिपरिषदले राष्ट्रपति समक्ष सिफारिस गरेपछि गौतमका यहि २१ गतेबाट नै सासंद बन्नेछन् भने अर्थमन्त्री डा युवराज खतिवडा बाहिरिने निश्चित भएको छ ।

यही प्रसंगतर्फ लक्षित गर्दै वरिष्ठ पत्रकारसमेत रहेका प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले आफ्नो टिव्टरमा लेखेका छन् : बामदेव इन, खतिवडा आउट (नेताहरुवीच सहमति) सचिवालय बैठक तीन बजेलाई सर्यो ।

स्रोतका अनुसार वामदेव गौतम ओली सरकारमा उपप्रधान सहित अर्थमन्त्री बन्नेछन् भने खतिवडाको बर्हिगमन निश्चित भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्