नेकपाको सचिवालय बैठक जारी – Janadesh Daily | ePaper

नेकपाको सचिवालय बैठक जारी


जनादेश, काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको आजको बैठकमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भइ रहेको छ। यस्तै, बैठकमा राष्ट्रिय सभाको रिक्त पदमा कसलाई लैजाने भन्नेबारे समेत निर्णय हुने जनाइएको छ ।

सो निर्णय बारे धने अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच युवराज खतिवडालाई लैजाने की वामदेव गौतमलाई भन्ने विषयमा सहमति हुन सकेको छैन ।

स्रोत भन्छ : अब नयाँ अर्थमन्त्री तत्काल नबनाएर केपी ओली आफैले राख्नेछन् र खतिवडालाई अर्थ सल्लाहकार बनाएर काम गर्नेछन् ।

विष्णु पौडेलले मन्त्री खान्न भनेर आफ्नो कुरा प्रष्ट राखेको कुरा आएको छ । थप कुरा त खुल्दै जाला ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्