ढोरपाटन बाढीमा ज्यान गुमाउनेप्रति अध्यक्ष प्रचण्डको श्रद्धाञ्जलि – Janadesh Daily | ePaper

ढोरपाटन बाढीमा ज्यान गुमाउनेप्रति अध्यक्ष प्रचण्डको श्रद्धाञ्जलि


जनादेश, काठमाण्डौ ।

बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति परेको अविरल वर्षाका कारण आएको बाढीमा ज्यान गुमाउने प्रति नेकपा अध्यक्ष प्रचण्डले दुख व्यक्त गर्नुभएको छ ।

सामाजिक संजाल टिव्टरमा अध्यक्ष प्रचण्डले दिवंगत भएकाहरु प्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको हो ।

“बागलुङको ढोरपाटन–९ को सुकुर्दुङ खोलामा आएको बाढीले बगाएर ११ जनाको मृत्यु र ३० जना बेपत्ता भएको घटनाले मलाई स्तब्ध बनाएको छ ।

उक्त दुखद् घटनामा परी निधन हुनुभएकाहरुमा श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु,” अध्यक्ष प्रचण्डले उल्लेख गर्नुभएको छ ।

उक्त पहिरोग्रस्त क्षेत्रबाट बगेको बढीघाट खोला धेरै मात्रामा गुल्मीको भूभाग हुँदै बग्ने भएका कारण बाढीपहिरामा हराइरहेका अन्य गुल्मीमा भेटिन सक्ने अनुमान गरिएको छ ।

बुधबार राति परेको अविरल वर्षाका कारण आएको बाढीले बढीघाट खोलामा पानीको बहाव बढेकाले स्थानीय प्रशासनले खोला किनारमा बसोबास गर्ने मानिसलाई सुरक्षित रहन आग्रह गरेको छ ।

सुरक्षा निकायले हराइरहेका ३० जनाको खोजी गरिहरेको बताइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्