१५ सय नाघ्यो: १० वर्ष मुनिका कोरोना संक्रमित बालबालिकाको संख्या – Janadesh Daily | ePaper

१५ सय नाघ्यो: १० वर्ष मुनिका कोरोना संक्रमित बालबालिकाको संख्या


जनादेश, काठमाण्डौ ।

नेपालमा कोरोना भाइरस संक्रमित १० वर्ष मुनिका बालबालिकाको संख्या १ हजार ५ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाको तथ्यांक अनुसार ४१ हजार ६ सय ४९ जना संक्रमितमध्ये १ हजार ५ सय ३ जना १० वर्ष मुनिका बालबालिका रहेका छन् ।

तीमध्ये ६ सय १४ जना बालिका छन् भने ८८९ बालक रहेको मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ५ सय ५० जना १० वर्ष मुनिका बालबालिका संक्रमित भएका छन् ।

त्यस्तै प्रदेश २ मा २९२, बाग्मती प्रदेशमा २२६, प्रदेश ५ मा १९८, कर्णाली प्रदेशमा ९६, प्रदेश १ मा ८५ र गण्डकी प्रदेशमा सबैभन्दा थोरै ५६ जना बालबालिका संक्रमित भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्