एजेन्सी ।
भेडाको मासु त खानु भएकै छ होला । बाख्रो भन्दा केही महंगो परेपनि यसको मूल्य सामान्य मानिसले पनि भेंडाको मासु किनेर खान सक्ने नै हुन्छ । तर तपाइँलाई अचम्म लाग्ला स्कटल्याण्डमा एक भेडालाई नेपाली मूल्य अनुसार झण्डै ६ करोड परेको छ ।
डायमण्ड डबल नामक यो भेडाको मूल्य बजारमा उत्पात महंगो छ । केही समय गत सातामात्र स्कटल्याण्डको लानार्कमा ६ महिनाको डबल डायमण्ड नामक भेडो लिलाम बढाबढमा ४ लाख ९२ हजार अमेरिकी डलरमा विक्री भयो ।
यो भेडोलाई तीन फरक फरक फर्मले खरिद गरेका हुन् । त्यहाँको बजारमा यो भेडाको माग उच्च रहेका कारण फर्महरुले उत्पादन बढाउन चाहन्छन् । टेक्सेल शीप सोसाइटीका अनुसार यो संसारकै सर्वाधिक महंगो भेडो हो ।
यो भेडाको ऊन फेशन बजारमा मारामार विक्री हुने हुँदा फर्महरुले यसको उत्पादन बढाउन प्रतिस्पर्धा गर्ने गर्छन् ।
यो भेडाले एक पटकमा साढे ३ देखि साढे ५ केजी ऊन दिनसक्छ । र यसबाट बनेका कपडा संसारभर माग हुनेगर्छ ।
युरोप, अष्ट्रेलिया, अमेरिका र न्यूजील्याण्डमा पनि यसको माग उच्च छ । यसको मासु पनि बजारमा उच्च मूल्यमा विक्री हुन्छ ।