निजी विद्यालयले न्युनतम सिकाइ सुनिश्चित गरेपछि शुल्क लिन पाउनुपर्छ : शिक्षामन्त्री – Janadesh Daily | ePaper

निजी विद्यालयले न्युनतम सिकाइ सुनिश्चित गरेपछि शुल्क लिन पाउनुपर्छ : शिक्षामन्त्री


जनादेश, काठमाडौं ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले निजी विद्यालयले अनलाईन कक्षा सञ्चालन गरेवापतको शुल्क लिन पाउने बताएका छन् ।

आज बसेको भर्चुअल बैठकमा पोखरेलले शुल्कबारे व्यवस्था मिलाउन स्थानीय निकायलाई आग्रह गरेका छन् । उनले भने-‘ निजी लगानीका विद्यालयले न्युनतम सिकाइ सुनिश्चित गरेपछि शुल्क लिन पाउनुपर्छ ।’

साढे चार महिना कक्षा नभएको अवस्थामा वैकल्पिक पद्धतीलाई मुल प्रवाहमा ल्याउन आग्रह गर्दै मन्त्री पोखरेलले केही सुमय यही माध्यमबाट पठन पाठन हुने बताएका छन् ।

यस्तै, मन्त्री पोखरेलले सबै शिक्षकलाई विद्यालय जाने वातावरण बनाउन स्थानीय निकायलाई निर्देशन दिएका छन् । केही दिनमा सिकाइ सहजीकरण निर्देशिका तयार गरी सोही अनुसार पठन पाठनको व्यवस्था गरिने पोखरेलले जानकारी दिए ।

यससँगैै उनले सबै विश्वविद्यालयलाई ६ महिनाको कोभिड केन्द्रीत क्यालेण्डर तयार गर्न आग्रह गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्