क्रान्तिकारी जनवादी गायक मोहित श्रेष्ठसंग आजको शनिवार (भिडियोसहित) – Janadesh Daily | ePaper

क्रान्तिकारी जनवादी गायक मोहित श्रेष्ठसंग आजको शनिवार (भिडियोसहित)


रोल्पा जंकोटमा जन्मिएका जनवादी गायक ‘मोहित श्रेष्ठ’ युद्धकालको निकै चर्चित नाम हो ।

वि.सं. २०५२–५३ सालको जनयुद्धमा होमिएका आफ्नो घरपरिवार त्यागेर माओवादी पार्टीका कार्यकर्ताका रुपमा चिनिएका मोहित श्रेष्ठसँग हामीले कुराकानि गर्ने अवसर पायौँ ।

माओवादी युद्धका बेला उनले क्रान्तिकारी गीत ‘कसले भन्छ क्रान्ति यहाँ सफल हुदैँन’ बोलको गीत गाउँदा उनी त्यो समयमा निकै चर्चिमा आएका थिए । उनको त्यो गीतले नेकपा माओवादीका नेता पुष्प कमल दाहाल, बाबुराम भट्टराई, पम्फा भुषाल लगायत अन्य धेरैलाई भावुक बनाएको थियो । त्यस बाहेक उनले अन्य धेरै क्रान्तिकारी गीतहरुमा पनि आफ्नो योगदान दिएका छन् । युद्धकालसम्म जनवादी गायकको रुपमा परिरचत उनी अहिले भने गुमनाम छन् ।

विभिन्न क्षेत्रमा दुःख र संघर्ष गर्दै जिन्दगीलाई सफल बनाउन खोजे पनि जनय्द्धपछि भने उनले सोचेको जस्तो जिन्दगी नभएको बताएका छन् । तर, जिन्दगी जतीसुकै कठिन भएपनि संघर्ष गर्न भने कहिल्यै नछोड्ने उनले बताए । युद्ध बिस्राम पछी मानिसहरुका अभाव पार लाग्ने छन् भन्ने उनको सोंचाई र बुझाई भन्दा फरक बन्यो देशको व्यवस्था । जीवनका सारा कठिन परिस्थिती र पीडालाई अङ्गाल्दै जीवन संगिनी र छोरा छोरीसहित आफ्नै सानो घर संसारमा रमाएका छन् उनी । पढ्ने र धन कमाउने बेला मूल्य बिहिन आवाज बनाएर पार्टी र क्रान्तिलाई जीवन सुम्पिए । तर, आज परिवर्तनको ढ्वांग फुकेर आएको क्रान्तिले यिनैको जिन्दगीबाट उल्टो महंगो मूल्य खोजि रहेको छ ।

पार्टीका लागि धेरै संघर्ष गरेतापनि पार्टीले भने उनको लागि केही नगरेको जस्तो देखियो । जनआन्दोलनमा जाने तयारीमा रहेका उनलाई आमाबुबाले नजानका लागि धेरै अनुरोध गरे । तर, देश र जनताको म्हार फेर्ने सपना बमेकेका उनी पछि हटेनन् । उनी माओवादी पार्टीमा सामेल भएसँगै घरमा प्रहरीको आवतजात बढ्न थाल्यो । घर छोडेर नजा भन्ने आमाबुबाले समेत अब घर फर्केर नआइज् बाबु भन्ने स्थितीको सिर्जना भयो ।

‘त्यो युवा अवस्थामा राजनीतिमा सामेल हुन्छु, आफ्नो एउटा राजनीतिक पद बनाउँछु भन्ने खालको सोच भएका उनी पछिल्लो समय यता न उताका भए’  उनले भने । यस्तै, आफ्नो सामान्य जीवन चलाउन समेत मुस्किल हुन थालेपछि पार्टीमा निरन्तरता दिन नसकेको उनले खुलाए ।

उनका जनवादी गीतले भाुवक भएका प्रचण्ड र बाबुरामय नेता ठाउँसम्म पुगे । तर, आज श्रेष्ठ लगाएत पार्टीका होनहार कार्यकर्ताको भने सामान्य जीव चलाउन समेत मुस्किल अवस्था भएको छ । कसले भन्छ क्रान्ति यहाँ सफल हुदैँन यही गीतका रचनाकार पूर्ण घर्ती अहिले ५ नम्बर प्रदेशका सभामुख पदमा हुनुहुन्छ । तर यही गीतका गाएक मोहित श्रेष्ठ भने आफ्नो सामान्य जीवन धान्नमै व्यस्त रहेका छन् । जनवादी गीत गाएर मात्रै उनको जिविका चलेन । पार्टीले राम्रो ध्यान नदिदाँखेरि उनी यता न उताको भए ।

उनलाई अन्य धेरै पार्टीका कार्यकर्ताले आफनो पार्टीमा सामेल हुन सुझव दिए तर उनी सधै आफ्नो बोलीमा अडिक भए । अरुको चाप्लुसीले जीन्दगी नचल्ने उनले बताए । आफु संग भरपुर गला थियो तर गला चलाउन पैसा थिएन । आखिर युद्ध जितेर पनि अन्ततः पैसाकै अड्को हुँदो रहेछ । पैसा नभए मोहितको गलाको पनि के काम रहेछ र ? उनी संग प्रयाप्त पैसा हुँदो हो त आज काठमाडौंको रंगमञ्चमा मोहित श्रेष्ठ नामी कलाकार मध्ये एक पक्कै हुन्थे ।

विकल्पमा आफु बाँच्न र घर संसारलाई बचाउन धन कमाउन परदेश पसे उनी । तर उनलाई त्यहाँ पनि भाग्यले साथ् दिएन । केवल ४ महिनाको छोटो अन्तरालमा रित्तो हात घर फर्किए ।

उनको शैन्य जीवन

२०५४/५५ सालमा नेपालमा जनयुद्धको पहिलो लडाकु सैन्य संरचना अन्तर्गत एउटा कम्पनि निर्माण भएको थियो । त्यसको कमान्डर हालका उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ थिए । उक्त कम्पनि भित्र ३ वटा प्लाटुन थियो । रोल्पाको १ नम्बर प्लाटुन, रुकुमको २ नम्बर प्लाटुन र सल्यानको ३ नम्बर प्लाटुन थियो ।

मोहित श्रेष्ठ रोल्पाको एक नम्बर प्लाटुनको सदस्य थिए । उनले २०५८ साल सम्म सैन्य दस्तामा काम गरे । प्युठानको भिंग्री प्रहरी चौकी उनको पहिलो आक्रमण थियो । त्यसपछि घर्तीगाउँ प्रहरी चौकी, रुकुमकोट प्रहरी चौकी, जाजरकोट पाँच कटिया प्रहरी चौकी, डोल्पाको दुनै सदरमुकाम, झेवा खोला प्रहरी चौकी कारबाहीमा सहभागी सैन्य सदस्य थिए ।

सैन्य दस्तामा रहेर काम गर्दा उनी सांस्कृतिक विभागमा काम गर्थे । उनको गायकी र गित सिर्जना देखेर जनमुक्ति सेना त त्यसै मोहित थिए नै पछी उनको गायन विधालाई लिएर सर्बत्र चर्चा चुलिए पछि पार्टीले मध्य कमाण्ड अन्तर्गत प्रतिरोध सांस्कृतिक परिवारमा सामेल गराएको थियो ।

त्यसपछि उनले आफ्नो गायकी जादु प्रस्तुत गर्ने मौका पाए । प्रतिरोध सांस्कृतिक परिवारको प्रस्तुतिमा उनको जादुमयी आवाजले जनयुद्धको उद्गमस्थल रोल्पाको परिचयलाई अझै फराकिलो बनायो ।

शैन्य क्षेत्रमा कमान्डर पासाङको सैन्य योगदानको इतिहास र जनवादी गायक मोहित श्रेष्ठको जादुमयी आवाज युद्धको उद्गमस्थल रोल्पाका चिनारीहरु हुन ।

उसो त १० वर्षे जनयुद्धका उनी एक प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै लाखौ जिन्दगीहरु यसरि अदृश्य सपनाको खोजीमा हराई रहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्