अक्षय कुमारले गरे पब्जीको सट्टा फौजी FAU:G एपको घोषणा – Janadesh Daily | ePaper

अक्षय कुमारले गरे पब्जीको सट्टा फौजी FAU:G एपको घोषणा


एजेन्सी ।
राष्ट्रिय सुरक्षा खतरा भएको भन्दै भारतमा चिनियाँ मोबाइल गेमिङ एप पब्जी बन्द गरिएपछि बलिउड अभिनेता अक्षय कुमारले फौजी अर्थात FAU:G नामक गेमिङ एप लन्चिङको घोषणा गरेका छन् ।

मेड इन इण्डिया मल्टिप्लेयर गेम एप FAU:G को टिजर समेत सार्वजनिक गरिएको छ ।ट्वीटरमा फौजीको विषयमा जानकारी दिँदै बंगलूरूको कम्पनी nCORE गेम्सले यो एप विकास गरेको बताएका छन् ।

FAU:G गेमको लन्च कहिले हुन्छ भन्ने विषयमा जानकारी दिइएको छैन । यो गेमिङ एपले गरेको कमाइको २० प्रतिशत हिस्सा भारतीय सेनालाई जाने छ ।

फौजी पनि एपस्टोर र एण्ड्रोइडमा खेल्न सकिने मल्टिप्लेयर एप हुने जनाइएको छ ।

भारतमा चर्चित गेमिङ मोबाइल एप पब्जीसहितका १ सय १८ वटा मोबाइल एप्स बन्द गरेपछि युवाहरुले आक्रोश व्यक्त गरेका थिए । पब्जीको लत लागेका युवाहरुलाई लक्षित गरी फौजी ल्याइएको हो ।

पब्जी लगायतका गेमिङ एप नेपाल र भारतसहित विश्वभर चर्चित छन् ।

यो पनि हेर्नुस्- भारतलाई चीनको चेतावनीः निहुँ खोज्दा महंगो मूल्य चुकाउनु पर्ला

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्