टी-२० क्रिकेटः अस्ट्रेलियामाथि इंग्ल्यान्डको सनसनीपूर्ण जित – Janadesh Daily | ePaper

टी-२० क्रिकेटः अस्ट्रेलियामाथि इंग्ल्यान्डको सनसनीपूर्ण जित


एजेन्सी ।
कोरोना महामारीकाबीच सुरु भएको ट्वेन्टी-ट्वेन्टी क्रिकेट श्रृंखलामा इंग्ल्यान्डले अस्ट्रेलियामाथि सनसनीपूर्ण जित निकालेको छ । बेलायतमा शुक्रबार राति भएको पहिलो ट्वान्टी-२० मा सनसनीपूर्ण दुई रनको जित निकालेको छ ।

तीन खेलको सिरिज अन्तर्गत पहिलो खेलमा जितका लागि १ सय ६३ रन पछ्याइरहेको अस्ट्रेलियालाई एक समय ३८ बलमा ३९ रन आवश्यक थियो भने नौ विकेट बाँकी थियो।

स्टिभ स्मिथको विकेटसँगै अस्ट्रेलिया नाटकीय हार व्यहोर्न बाध्य भयो । इङ्ल्याण्डका अदिल रसिदले एक ओभरमा स्मिथसँगै दुई ब्याट्सम्यानलाई आउट गर्दा अस्ट्रेलियाले १४ बलमा ९ चार मात्र बनाएर ४ विकेट गुमाएको थियो ।

२० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रनमै सीमित बन्यो । यसअघि इंग्ल्यान्डले डविड मालनको ६६ र जस बटलरको ४४ रनको सहयोगमा ७ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

यो जितसँगै घरेलु टोली इंग्ल्याण्डले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । सिरिजको दोस्रो खेल आइतबार हुँदैछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्