राष्ट्रिय क्रिकेटः गण्डकी प्रदेश विजयी – Janadesh Daily | ePaper

राष्ट्रिय क्रिकेटः गण्डकी प्रदेश विजयी


काठमाडौँ । गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई आज चार विकेटले पराजित गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा कोशीले प्रस्तुत गरेको एक सय ५६ रनको लक्ष्य गण्डकीले १९ दशमवल पाँच ओभरमा छ विकेट गुमाउँदै पूरा गर्‍यो ।

गण्डकीका लागि दिनेश बुढामगरले सर्वाधिक ३३ रनको योगदान दिए भने ईश्वर क्षेत्रीले २५ रन बनाए । त्यस्तै अर्जुन कुमालले २४, अर्जुन रायमाझीले अविजित २३, कप्तान विपिन खत्रीले अविजित १८, दीपक डुम्रेले १८ र अमृत गुरुङले १२ रन बनाए ।

कोशीका लागि प्रकाश कार्कीले दुई विकेट लिए भने श्रवण यादव, दीपेश कँडेल, ज्ञानेन्द्र श्रेष्ठ र श्रवण किस्कुले समान एकरएक विकेट लिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशीले  निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५५ रनको योगफल बनाएको थियो । कोशीका लागि सोनु अन्सारीले ४४, मिनाश थापाले ४३, कप्तान अङ्कित सुवेदीले ३२, श्रवण यादवले अविजित २१ तथा दीपेश कँडेलले १० रन बनाएका थिए ।

गण्डकीका लागि सुवास भण्डारीले तीन तथा विपिन खत्री र अमृत गुरुङले समान एक एक विकेट लिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्