काठमाण्डौ ।
विषय प्रवेशः
सूचना प्रविधिको प्रयोगले सेवा गुणस्तरीय र पार्दशी हुने भएकोले व्यवसाया संचालनमा यसको प्रयोग जरुरी हुन्छ । समयको बचत, हिसाब किताव सुरक्षित, व्यवस्थीत र लामो समयसम्म राख्नका लागि सूचना प्रविधिको प्रयोग गर्नु जरुरी छ ।
व्यावसायमा प्रविधिको महत्वः
सामानको अडर र भुक्तानीमा समेत यसको प्रयोग दिनहुँ दिन बढदै गइरहेको सरोकारावालाहरु बताउँछन् । विपत व्यवस्थापनमा समेत सूचना प्रविधिको उपयोग हुन थालेकोछ । भुकम्प, वाढी पहिरो, आगजनी जस्ता महामारीले प्रविधिमा अघि बढ्न संकेत गरेकोले सबै सेवा र व्यवसायमा सूचना प्रविधिको उपयोग हुन अति जरुरी छ ।
कोरोना जस्तो महामारीको समयमा भुक्तानी प्रणालीमा राम्रो ट्रेण्ड विकास भएकोले ई–कमर्श र रिटेल पेइमेण्टलाई अझै वृद्धि गरी ई–कमर्श प्लेटफर्महरुलाई डिजिटल भुक्तानीमा रुपान्तरण गर्नु आवश्यक छ ।
एटीएमबाट पैसा निकाल्दा बैंकमा जस्तो पालो कुर्नु नपर्नै र चाहेको बखतमा देश विदेशमा पनि निकाल्न सकिने हुदाँ बैकिड. क्षेत्रमा सूचना प्रविधिको ज्यादा प्रयोग भएको एक अध्ययनले देखाएकोछ । अब सबै खाले भुक्तानीहरु मोवाईबाट गर्ने व्यवस्था छिटै लागु हुने छ । इ कर्मसले आफ्नो बजार विस्ता गर्दै लगेकोले पनि सेवाग्राहीहरु प्रविधिको प्रयोग गर्न बाध्य हुनु पर्नेछ ।
बसाइँसराइ, जिविकोपार्जन र उद्योगधन्दाका लागि यसको महत्व छ । पछिल्ला ५ वर्षमा नेपालमा भुक्तानी प्रणालीमा बैंक तथा वित्तीय संस्था र केन्द्रिय बैंकले पनि निकै काम काम गरेको देखिन्छ । डिजिटल भुक्तानीमा हरेक बैंकले आआफ्नो मोबाइल बैंकिङ सुविधा ल्याइसकेका छन् । मोबाइल बैंकिङले खुद्रे भुक्तानीदेखि निश्चित आकारसम्मको रकम लेनदेन गर्न सकिने भएको छ ।
नेपाल जस्तो देशमा प्रविधिको प्रयोग निकै महँगो पर्ने हुनाले त्यसको लागत घटाउन बजारको विस्तार गर्नुपर्ने हुन्छ । यसका लागि साना तथा मझौला उद्यमी र घरेलु व्यवसायमा हुने खुद्रे भुक्तानीलाई डिजिटलमा रुपान्तरण गर्न सकिने हुन्छ । डिजिटल भुक्तानीलाई पारदर्शि बनाई आम जनसमुदायमा यसको पहुच पुरया्उन आवश्यक छ । यसले अर्थतन्त्रको विस्तारमा पनि योगदान दिनसक्छ ।
राज्यको दायित्वः
सबै खालका भुक्तानी प्रणालीलाई एकद्वार प्रणालीमा ल्याउने गरी पूर्वाधार तयार गर्दै जादा राम्रो हुन्छ । अहिले कागजरहित बैंकिङको बहस बढेकोले अनलाइन खाता खोल्ने कुराले केही हदसम्म सेवाग्राहीलाई सहयोग पुग्ने गरेको छ । तर सबै सेवाग्राहीहरु इन्टरनेको पहुचमा नहुने हुँदा र्दुगम बस्तीसम्म डाटा उपलब्धतालाई राज्यले ध्यान दिन जरुरी छ ।हाम्रो देशमा प्रविधि चलाउन जान्ने र नजान्नेको बीचमा ठूलै खाड्ल छ । यसलाई पनि तालीम प्रशिक्षण र साक्षारता कक्षा संचालन गरी विद्युतीय खाड्ल पुर्ति गर्दै जानु राज्यको दायित्व हो ।
व्यापार व्यावसायमा मात्र नभएर राज्यका सबै खालका सेवा प्रवाहमा एकद्धार प्रणालीको विकास र विस्तार गरी कर्मचारीमा भएको अनावश्यक लगानी घटाउन सकिन्छ । भोलीका दिनमा नागरिकता, लालपूर्जाजस्ता, लाइसन्स, बैंक खाता, जागीरको विवरण, शैक्षिक विवरण, पारिवारिक विवरण, भ्रमण र किनमेल जस्ता कार्यहरुलाई एउटै सफ्वयेर मार्फत संचालन र नियन्त्रण गर्न सकिन्छ । यस तर्फ राज्य र सरकारको दृष्टि पुग्नु आवश्यक छ ।
प्रविधिको क्षेत्रमा अत्यन्त कम दक्ष र धरै अर्धदक्ष जनशक्ति भएको हाम्रो देशमा साइवर सुरक्षा निकै ठुलो चुनौति रहेकोछ ।
साइबर जोखिम न्यूनीकरणका लागि सरकारले समयमै साइबर सुरक्षा नीति तयार तयार गरी सोही अनुसार योजना तर्जुमा गरी कार्यन्वयनमा ल्याउनु आवशयक छ ।
अन्तमाः
प्रविधि विना मानिसको दैनिक जीवनयापन असम्भव जस्तै हुन थालेको छ । व्यापार व्यापसाय पनि यसबाट टाढा रहने स्थती छैन् । राज्यका सबै संयन्त्रहरुमा प्रविधिको प्रयोग भइसकेको हुँदा यसको सुरक्षाको विषय निकै चुनौतिपूर्णछ । एक किलिक्मा सम्पूर्ण सिस्टम र संयन्त्रहरु ह्याक हुन सक्छन् । सेवा बन्द हुन सक्छ । यसको सुरक्षाको लागि राज्य र यससंग सम्बन्ध राख्ने सम्पूर्ण निकायहरु समयमै सजग हुनु जरुरी छ । अन्यथाः निकै ढिलो भइसकेको हुनेछ । हजुरको जय होस् ।