गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि – Janadesh Daily | ePaper

गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि


 

जनादेश, पोखरा ।
गण्डकी प्रदेशमा थप ४४ जनामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ४७ पुगेको छ ।

शनिबार पोखरामा १० जना महिला र १२ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा भएको परीक्षणमा बागलुङका २ पुरुष, बागलुङ तमाङखोलाका १ महिला, बडिगाडका १ पुरुष, स्याङजा गल्याङका १ जना पुरुष, नवलपुर हुप्सेकोटका ३ महिला, लमजुङ बेसीसहरका १० महिने बालिका, ८ जना महिला र ८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको शर्माले बताए ।

उनीहरु मध्ये पोखरा २ जना पश्चिमाञ्च सामुदायिक अस्पताल पृथ्वीचोकमा कार्यरत दुई जना महिला, पोखरा ५ जना भारतबाट आएका हुने भने पोखरा १६ का ५२ बर्षीय पुरुष डाँफे सहकारी संस्थामा कार्यरत कर्मचारी हुन् । गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ७ सय ७३ जना निको भएर घर फर्किएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्