चन्द्रप्रकाश नेपाली, घोराही ।
लकडाउनका कारण समय मै उपचार नपाउदा बाँकेमा सर्पको टोकाइबाट मृत्यु हुनेको संख्यामा दोब्बर वृद्धि भएको छ ।गत बर्ष सर्पले टोकेर बाँकेमा ८ जनाको मृत्यु भएकोमा यो बर्ष मृत्यु हुनेको संख्या बढेर १५ पुगेको छ ।
कोरोना संक्रमणको त्रास र लकडाउनका कारण समय मै एम्बुलेस लगायत सबारी साधन नपाउदा सर्पले टोकेका बिरामीहरु समयमै अस्पताल पुग्न नसक्दा मृत्युदर बढेको हो ।
समय मै सबारी साधन नपाउदा ढिलो गरी अस्पताल पुग्ने र अस्पतालहरुले कोरोना संक्रमणको जोखिम देखाएर उपचार नगरि नेपालगन्जको भेरी अस्पतालमा रिफर गर्दा दाङ, सुर्खेत, बर्दिया र कैलाली लगायतजिल्लाका बिरामीहरुलाई अस्पताल लैजाँदा लैजाँदै बाटैमा मृत्यु हुने क्रम पनि बढेको छ ।
बर्षायाममा भेरी अस्पतालको इमरजेन्सी, आइसीयु र जनरल वार्डमा सर्पले डसेका बिरामीहरुले भरिने गरेका छन् ।सर्पले डसेका गम्भीर अवस्थाका बिरामीहरुलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने गरिएको छ ।