चन्द समूहका विरही अस्पतालबाटै पक्राउ – Janadesh Daily | ePaper

चन्द समूहका विरही अस्पतालबाटै पक्राउ


जनादेश संवाददाता ।

नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै गिरफ्तार हुनुभएको छ । भरतपुर अस्पतालमा उपचाररत उहाँलाई प्रहरीले आज अपराह्न गिरफ्तार गरेको छ ।

उहाँलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले धनुषामा विरहीविरुद्ध मुद्धा भएकाले नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पतालले डिस्चार्ज गरेसँगै नियन्त्रणमा लिएका हौँ, उहाँलाई धनुषा पठाउँछौं ।”

जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर उहाँलाई प्रहरी कार्यालय पु¥याइएको छ । धनुषा प्रहरीसँग समन्वय भइरहेकाले विरहीलाई धनुषा नै पठाइने प्रवक्ता थापाले जानकारी दिनुभयो । नेता विरही वैशाखदेखि नै भरतपुर अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

घरमा काम गर्दा लडेपछि ढाडमा समस्या हुँदा विरही उपचारका लागि पुरानो मेडिकल कलेज आउनुभएको थियो । सोही बेला उहाँलाई प्रहरीले नियन्त्रणमा लिएर सो अस्पताल पु¥याएको थियो । नेता विरही चन्द समूहका प्रभावशाली नेताका रुपमा चिनिनुहुन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्