सिन्धुपाल्चोकमा भिषण बाढी, कम्तीमा २ जनाको मृत्यु, १९ जना बेपत्ता – Janadesh Daily | ePaper

सिन्धुपाल्चोकमा भिषण बाढी, कम्तीमा २ जनाको मृत्यु, १९ जना बेपत्ता


जनादेश संवाददाता

सिन्धुपाल्चोक –सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरापलिका–५ जम्बु–मानेश्वाराँमा पहिरो तथा खहरे खोलामा आएको बाढीका कारण कम्तिमा दुईजनाको ज्यान गएको छ ।

याल्मो भन्ने ठाडो खोलाको बाढी तथा पहिरोका कारण करिब १४ घर बगाउँदा १९ जना बेपत्ता भएको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिएका छन् ।

घटनास्थलमा प्रहरी पुग्ने क्रममा रहेको छ । एक बच्चा र एक वयश्कको शव भेटिएको जनाइएको छ । बेपत्ताको खोजीका लागि प्रयास भइरहे पनि भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोले बाटो अवरुद्ध हुँदा समस्या भएको जनाइएको छ ।

बुधबार मध्यरातमा गाउँमाथिबाट बाढी तथा पहिरो खस्दा घरहरु बगाएको हो । यस्तै बाह्रबिसे–३ मा खाडदल खोलाको बाढीले कच्ची–पक्की गरी २० घर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्