नेसन्स लिग फुटबलः रोनाल्डोविनै पोर्चुगलले क्रोसियालाई चखायो नमज्जाको हार – Janadesh Daily | ePaper

नेसन्स लिग फुटबलः रोनाल्डोविनै पोर्चुगलले क्रोसियालाई चखायो नमज्जाको हार


एजेन्सी ।

नेसन्स लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन पोर्चुगलले क्रोसियामाथि शानदार जित निकालेको छ । आइतबार भएको खेलमा कप्तान क्रिष्टियानो रोनाल्डोविनै मैदानमा उत्रिएको घरेलु टिम पोर्चुगलले क्रोसियालाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा जोआओ क्यानसेलो, डिओगो जोटा, जोआओ फेलिक्स र एन्ड्रे सिल्भाले गोल गरे। क्रोसियाका लागि ब्रुनो पिटकोभिचले गोल गरे ।

पोर्चुगलले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा थप तीन गोल गरेको थियो । खेलको ४१औं मिनेटमा जोआओ क्यानसेलोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए ।

५८औं मिनेटमा डिओगो र ७०औं मिनेटमा फेलिक्सले गोल गर्दा पोर्चुगलले ३-० गोलको अग्रता लियो। इन्जुरी समयमा पिटकोभिचले गोल गर्दै ३–१ को स्थितिमा ल्याएपनि अन्तिम समयमा सिल्भाले गोल गर्दै पोर्चुगललाई ४–१ गोलको जित दिलाए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्