ठेक्का लिएर मल नल्याउने दुई कम्पनीको धरौटी जफत, कालो सूचीमा राखिने – Janadesh Daily | ePaper

ठेक्का लिएर मल नल्याउने दुई कम्पनीको धरौटी जफत, कालो सूचीमा राखिने


जनादेश, काठमाडौं ।
ठेक्का पाएको ८ महिना सम्म पनि मल नल्याउने ठेकेदार कम्पनीलाई सरकारले कारवाही गरेको छ ।
गत पुसमै ठेक्का लिएर भदौ सम्मपनि मल आयात नगरेपछि कृषि सामग्री कम्पनी लिमिटेडले दुई ठेकेदारलाई कारवाही गरेको हो ।

शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँग भएको ठेक्का सम्झौता रद्द गर्दै धरौटी जफत गर्ने निर्णय गरिएको कृषिमन्त्री घनश्याम भुसालले जानकारी दिए ।

तोकिएको समयमा रासायनिक मल आपूर्ति गर्न नसकेपछि कृषि सामग्री कम्पनी लिमिटेडले ठेक्का सम्झौता रद्द गरेको छ । तत्कालका लागि सम्झौता रद्द गरिएको र धरौटी जफत प्रक्रिया अघि बढाइएको पनि मन्त्री भुसालको भनाई छ ।

यो निर्णयसँगै दुवै कम्पनीले राखेको पाँच-पाँच करोड कार्यसम्पादन धरौटी रकम जफत गर्नुका साथै थप कानुनी कारबाहीका लागि कृषि सामग्री कम्पनी लिमिटेडले तयारी गरेको छ ।

५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र ४ माघमा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए । दुवै कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्नुपर्ने थियो ।

तर नल्याएपछि सरकारले कारवाही गरेको हो । धान पसाउने समयमा समेत मल नआएको भन्दै देशभर किसान चिन्तित छन् भने सरकारको आलोचना भैरहेको छ ।

यो पनि पढ्नुस् – विप्लव समूहले दियो विभिन्न व्यक्तिलाई कारवाहीको चेतावनी (विज्ञप्तिसहित)

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्