बाबुराम भट्टराईको प्रस्तावः जनताको पीडा नबुझ्नेहरुको तलबभत्ता रोकौं – Janadesh Daily | ePaper

बाबुराम भट्टराईको प्रस्तावः जनताको पीडा नबुझ्नेहरुको तलबभत्ता रोकौं


जनादेश, काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम सामाजिक सञ्जालमा सर्वाधिक फलो गरिएका व्यक्ति पनि हुन् ।

बाबुराम आलोचकको संख्या उच्च भएपनि समय समयमा सुशासन र सदाचारका विषयमा उनले गरेका टीका टिप्पणी भने सामाजिक सञ्जालमा भाइरल बन्ने गरेका छन् ।

केही समय अघि सबै पूर्वप्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति छानविनको प्रस्ताव राखेर वाहीवाही पाएका बाबुरामले कोरोना माहामारीकैबीच अर्को रोचक प्रस्ताव राखेका छन् ।

भट्टराईले बेरोजगार र विपन्न जनतालाई राहत दिन नसक्ने अवस्थामा राज्यकोषबाट तलब खाने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, न्यायाधीश, सांसद, कर्मचारी, शिक्षकलगायत सबैको तलबभत्ता रोक्न प्रस्ताव गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा धारणा सार्वजनिक गर्दै बाबुरामले सरकारले बेरोजगार र विपन्न जनतालाई तुरुन्तै स्थानीय तहमार्फत नगद, जिन्सी राहतको व्यवस्था गर्न माग पनि गरेका छन् ।

कोरोनाबाट बचे पनि भोकले मर्ने स्थिति आउनु डरलाग्दो भएको भन्दै बाबुरामले यस्तो प्रस्ताव गरेका हुन् ।

बाबुरामले लेखेका छन्, “आमजनताको जीवनमरणको गम्भीर अवस्था नबुझ्नेहरूको घैँटोमा घाम लगाउन राज्यकोषबाट तलब खाने राष्ट्रपति/प्रधानमन्त्री/ मन्त्री/ न्यायाधीश/सांसद/कर्मचारी/शिक्षकलगायत सबैको तलबभत्ता पनि रोक्ने हो कि ?”

बाबुरामको प्रस्तावलाई धेरैले स्वागत गरेका छन् ।

यो पनि पढ्नुस्-

बाबुरामको प्रश्न : अहिले राम मन्दिर बनाउने कि अस्पताल ?

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्