बार्सा छोड्ने असफल प्रयासपछि मेस्सी प्रशिक्षणमा फर्किँदै – Janadesh Daily | ePaper

बार्सा छोड्ने असफल प्रयासपछि मेस्सी प्रशिक्षणमा फर्किँदै


एजेन्सी ।
बार्सिलोना छोड्ने सबै प्रयास असफल भएपछि लियोनल मेस्सी क्लबको यो सिजनको प्रशिक्षणमा फर्किने पक्का भएको छ ।
क्लबसँगको सम्झौता अनुसार थप एक सिजन बार्सिलोनामै बस्ने निष्कर्षमा पुगेका मेस्सी सोमबारदेखि प्रशिक्षणमा सहभागी हुने क्लबले जनाएको छ ।

मेस्सीले नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसंग भेट गरी अर्को एक सिजनसम्म बार्सिलोनामै बस्ने बिषय अवगत गराउनेछन् । र मेस्सीको बसाइ अवधिबारेको निर्णय नयाँ अध्यक्षमा भर पर्नेछ ।

बार्सिलोनाले सन् २०२१ को मार्चमा नयाँ नेतृत्व छान्दैछ । सोही निर्वाचनबाट वर्तमान अध्यक्ष जोसेप मारिया बर्टोमेउलाई प्रतिस्थापन गर्ने ब्यक्तिले लिने निर्णयमा मेस्सीको क्लबसँग आवद्धताको भविष्य पनि जोडिने छ ।

केही दिन अघि मात्र मेस्सीले ७० करोड युरो तिर्न बाध्यपार्ने क्लबको निर्णयले आफू बाहिरिन नसकेको बताएका थिए । आफू हुर्किएको क्बलविरुद्ध मुद्धा मामिला गर्न उचित नलागेर क्लबमै बसेको उनको भनाई थियो ।

र यो पनि- निराश भएपछि मेस्सीले भनेः मुद्दा मामिला गर्नुभन्दा बार्सामै बस्छु 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्