संक्रमण दरमा भारतको अग्रता कायमैः चौबीस घण्टामा ७५ हजार नयाँ बिरामी – Janadesh Daily | ePaper

संक्रमण दरमा भारतको अग्रता कायमैः चौबीस घण्टामा ७५ हजार नयाँ बिरामी


एजेन्सी ।
भारतले सर्वाधिक कोरोना संक्रमितको संक्रमण दरमा विश्वव्यापी अग्रता कायमै राखेको छ । गत साता भारतमा हरेक दिन ८५ देखि ९० हजार हाराहारी संक्रमित थपिएकोमा गत चौबीस घण्टामा यो संख्या केही घटेको छ । तर पनि संसारमा सर्वाधिक संक्रमण दर रहेको मुलुकमा भारत अग्रस्थानमा छ ।


आइतबार मात्र ब्राजिललाई पछि पार्दै दोश्रो सर्वाधिक संक्रमितको देशमा दरिएको भारतमा चौबीस घण्टामा ७५ हजार भन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख ७७ हजार भन्दा बढी पुगेको छ ।

त्यस्तै कोरोनाका कारण चौबीस घण्टामा ११ सय भन्दा बढीले ज्यान गुमाएका छन् । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७२ हजार ८ सय नाघेको छ ।

भारत एसियाली देशमा सबैभन्दा धेरै संक्रमित र संक्रमणदर रहेको मुलुक हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा अमेरिकापछि दोश्रो स्थानमा छ ।

भारतमा उत्तर प्रदेश, झारखण्ड, छत्तिसगढ र ओडिशा राज्यहरूमा ह्वात्तै सङ्क्रमित बढेका हुन्। भारतको ‘हटस्पट’ भनिएको महाराष्ट्रमा सबैन्दा बढी सङ्क्रमित छन्।

र यो पनि- आजको अपडेटः विश्वमा २ करोड ७४ लाख ७७ हजार संक्रमित, झण्डै ९ लाखको मृत्यु 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्