प्रधानमन्त्रीदेखि प्रशासनसम्म परामर्शमा, निषेधाज्ञाबारे यस्तो छ तयारी – Janadesh Daily | ePaper

प्रधानमन्त्रीदेखि प्रशासनसम्म परामर्शमा, निषेधाज्ञाबारे यस्तो छ तयारी


जनादेश, काठमाडौं ।

काठमाडौं उपत्यकामा दुई सातादेखि जारी निषेधाज्ञा खुकुलो पार्ने तयारी गरिएको छ । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण गर्न ३ भदौ रातिबाट जारी निषेधाज्ञाका सबै प्रावधान एकै पटक नहटाइएपनि अहिलेको भन्दा खुकुलो बनाउने रणनीति प्रशासनले लिएको छ ।

उपत्यकाको नाकाबाट हुने आवागमन व्यवस्थित पार्ने, सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने, बजार खुला गर्ने तथा सामाजिक दूरी लगायतलाई कसरी व्ययवस्थित गर्ने विषयमा विभिन्न क्षेत्रका प्रतिनिधिसँग परार्शपछि निषेधाज्ञा खुकुलो बनाउने तयारी थालिएको हो ।

निषेधाज्ञाबारे काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रशासनले विभिन्न क्षेत्रका व्यक्तिसँग परामर्श गरेका छन् । सरकारी तलव सुविधा लिनेहरुले निषेधाज्ञा लम्बाउनुपर्ने सुझाव दिएपनि गरिखाने वर्ग र उद्योगी व्यवसायीले यसको विरोध गरेका छन् ।

मनोचिकित्सकसँग प्रधानमन्त्रीको परामर्श
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ कोरोनापछि नेपालमा मानसिक स्वास्थ्य अवस्था बारे बुझ्न मनोचिकित्सकसँग छलफल गरेका‍ थिए । महामारीका कारण नेपालमा देखिएको मानसिक स्वास्थ्य समस्या र के कसरी कम गर्न सकिन्छ भन्ने विषयमा ओलीले मनोचिकित्सकसँग बालुवाटारमा छलफल गरेका हुन्।

मनोचिकित्सकहरुले कोरोना संक्रमण र लामो समयसम्मको बन्दाबन्दीले नागरिकहरू मानसिक रूपमा कमजोर भएको भन्दै मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । मनोत्रास कम गर्न सके मात्र मानसिक समस्या न्यूनीकरण गर्न सकिने भन्दै उनीहरुले
बेलैमा ध्यान जान नसके समस्याले विकराल रूप लिने चेतावनी पनि दिएका छन् । प्रत्येक प्रदेशमा मानसिक अस्पताल हुनुपर्ने सुझाव पनि प्रधानमन्त्रीसमक्ष चिकित्सकहरुले राखेका छन् ।

र यो पनि हेर्नुस्- कोरोना खोपलाई झट्काः परीक्षणमा सहभागी विरामी परेपछि रोकियो अक्सफोर्डको ट्रायल

श्रमिक उद्दारमा उदासिनताको परिणामः विदेशी भूमिमा देशको कार्यकारीविरुद्ध नारावाजी

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्