जनादेश, काठमाडौं ।
नेपालमा कोरोनाका कारण थप एक जनाको ज्यान गएको छ । काठमाडौं विशालनगर निवासी ६७ वर्षीय पुरुष कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।
उनको स्वास्थ्य अवस्था जटील भएपछि भेन्लेटरमा राखेर अल्का अस्पतालमा उपचार भैरहेको थियो । मधुमेह, उच्चरक्तचापबाट समेत पीडित रहेका ती पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
नेपालमा संक्रमितको संख्या ४८ हजार नाघेको छ भने अहिलेसम्म कोरोनाका कारण ३ सय ७ जनाले ज्यान गुमाइसकेका छन् ।
यो पनि पढ्नुस्- कोरोना खोपलाई झट्काः परीक्षणमा सहभागी विरामी परेपछि रोकियो अक्सफोर्डको ट्रायल