भक्तपुर घटना : श्रीमती र छोराको हत्यापछि आत्महत्या – Janadesh Daily | ePaper

भक्तपुर घटना : श्रीमती र छोराको हत्यापछि आत्महत्या


जनादेश, भक्तपुर ।

भक्तपुरमा एकै परिवारका श्रीमान्, श्रीमती र छोरा आफ्नै घरभित्र मृत अवस्थामा भेटिएका छन् । मथिनपा ९ निकोसेरामा भएको घटना र शवको प्रकृति हेर्दा पत्नी ३४ वर्षीया सम्झना र छोरा १५ वर्षीय सुशान्तको हत्यापछि ३६ वर्षीय सुदिप अधिकारीले विष सेवन गरी आत्महत्या गरेको हुन सक्ने प्रहरीले बताएको छ ।

उनीहरुको शव सड्ने अवस्थामा पुगिसकेको बेला शुक्रबार भेटिएको थियो । मृतक आमा र छोरा दुबैको टाउकोमा गहिरो चोट देखिएको छ । जसमा सुदिपले दाउ प्रहार गरी हत्या गरेर आफूले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । घटनास्थलबाट दाउसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। मृतक बालकको शवमा किरासमेत परिसकेकाले घटना ४–५ दिन पहिले नै घटेको अनुमान गरिएको छ । भान्सामा रहेका भात, तरकारी लगायत खानेकुरामा विष मिसाएको हुनसक्ने भएकाले थप परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।

परिवारका साथसाथै उनीहरुको पाल्तु कुकुर पनि मरेको अवस्थामा भेटिएको छ । कुकुर पनि विषकै कारण मरेको हुनसक्ने बताइएको छ । शव पोष्टमार्टमका लागि पठाइएकाले घटनाको थप विवरण पोष्टमार्टमपछि थाहा हुने प्रहरीले बताएको छ ।

मृतकका भाइ सुनिल अधिकारी शुक्रबार घरमा पुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झना अधिकारीको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदिप अधिकारीको शव फेला परेको थियो । मृतक आमाछोराको शव गन्हाउन थालिसेको थियो । मृतक बुबाको शव भने एक–दुई दिनअघिको मात्र जस्तो देखिएको छ । मृतक सम्झनाको शव अर्ध नग्न अवस्थामा भेटिएको छ भने छोरा सुशान्तको लास खाटमा घोप्टो परेको अवस्थामा भेटिएको छ ।

घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्