केएमसी अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि – Janadesh Daily | ePaper

केएमसी अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि


जनादेश संवाददाता

काठमाडौँ। सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल(केएमसी)मा विहीबार राती मृत्यु भएका एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

मृत्यु भएको एक दिन पछि अर्थात शुक्रबार (हिजो) बेलुका आएको रिपोर्टमा कोरोना भाइरसको संक्रमण देखिएको हो । कोरोना पुष्टि भएपछि मापदण्ड अनुसार संक्रमित शवलाई नेपाली सेनाले आज विहान व्यवस्थापन गरेको छ ।

मिर्गौलामा समस्या भएर केएमसी अस्पताल ल्याइएका उनलाई गत १९ असारमा भर्ना गरिएको थियो । अस्पतालका निर्देशक डा मुकुन्दराज जोशीका अनुसार मृतक व्यक्ति काठमाडौँ गोकर्ण निवासी हुन् ।

यो संगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्