स्थानीय तहका पदाधिकारीको सुविधासम्बन्धी विधेयक, २०७७ पारित – Janadesh Daily | ePaper

स्थानीय तहका पदाधिकारीको सुविधासम्बन्धी विधेयक, २०७७ पारित


जनादेश संवाददाता

सुर्खेत । ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७७’ पारित भएको छ ।

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको आज बसेको २९औँ बैठकमा सभामुख राजबहादुर शाहीले ‘प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सो विधेयक पारित गरियोस्’ भनी सभामा प्रस्तुत गर्न निर्देशन दिए ।

कानूनमन्त्री भण्डारीले सत्ता र प्रतिपक्षका प्रदेशसभा सदस्यद्वय धर्मराज रेग्मी र जीवनबहादुर शाहीले विधेयकमाथि हाल्नुभएको साझा संशोधनसहित विधेयकको अङ्ग हुने गरी पारित गरियोस् भनी सभामा प्रस्ताव गरे।

मन्त्री भण्डारीले प्रस्ताव गरेपश्चात् स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धीको उक्त विधेयक प्रदेशसभाको आजको बैठकले सर्वसम्मतिबाट पारित गरेको हो ।

आज पारित भएको यो विधेयक कानूनका रुपमा प्रमाणीकरण भएमा यहाँका ७९ स्थानीय तहका पदाधिकारीको सुविधा प्राप्तिका लागि आव २०७७÷७८ पहिलो महिनाबाट लागू हुने बताइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्