कोरोना नियन्त्रण पाकिस्तान सार्क क्षेत्रमै अब्बल, निको हुनेदर ९६ प्रतिशत – Janadesh Daily | ePaper

कोरोना नियन्त्रण पाकिस्तान सार्क क्षेत्रमै अब्बल, निको हुनेदर ९६ प्रतिशत


एजेन्सी ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क क्षेत्रमा कोरोना रोकथाम र नियन्त्रणमा सबैभन्दा प्रभावकारी देश पाकिस्तान रहेको देखिएको छ । सार्कका कोरोना निको हुने सर्वाधिक दर पाकिस्तानमा रहेको तथ्याङ्कले देखाएको छ । त्यहाँ निको हुने दर ९६ प्रतिशत छ ।

पाकिस्तानमा अहिलेसम्म कुल ३ लाख २ हजार २० कोरोना संक्रमित भएकोमा २ लाख ८९ हजार ८ सय ६ जना निको भइसकेका छन् ।
पाकिस्तानमा कोरोना रोकथाम र नियन्त्रण गर्न प्रधानमन्त्री इमरान खानले एप्रिल १ देखि देशव्यापी लकडाउन घोषणा गरेका थिए ।

तर अहिले लकडाउन खोलिएको छ । त्यहाँ अगष्ट ९ तारिखबाट अन्तर्राष्ट्रिय उडान पनि सुचारु गरिएको छ । विगत २४ घण्टाको तथ्याङ्कलाई विश्लेषण गर्दा पाकिस्तानपछि श्रीलंकामा निको दर उच्च छ ।

श्रीलंकामा कुल संक्रमित ३ हजार २ सय ३४ रहेकोमा ९३ प्रतिशत अर्थात ३ हजार ५ जना व्यक्ति संक्रमणमुक्त भएका छन् । श्रीलंकामा अहिले सम्म कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ । यसैगरी अफगानिस्तानमा ८१, माल्दिभ्समा ७९ दशमलब ८६, भारतमा ७८, नेपालमा ७१ दशमलब चारपाँच, बंगलादेशमा ७१ दशमलब दुइनौ र भुटानमा ६५ दशमलब सातएक निको दर रहेको छ ।

यद्यपी भुटानमा कोरोनाका कारण हाल सम्म कुनै पनि व्यक्तिको मृत्यु भएको छैन । सार्क मुलुकमा भारत कोरोना संक्रमणबाट प्रभावित भएको छ ।

दैनिक औषत ९५ हजार संक्रमित भेटिने भारतमा अहिलेसम्म ४८ लाख ५१ हजार संक्रमित भएका छन् भने ७९ हजार ७ सय ८४ जनाको ज्यान गइसकेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्