जनादेश, काठमाडौं ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६७६ कोरोना संक्रमित भेटिएका छन् ।
काठमाडौंमा ५५५ , ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार ९ सय २४ पुगेको छ।
काठमाडौंमा १० हजार ५ सय ८३ ललितपुरमा १ हजार २ सय २६ र भक्तपुरमा १ हजार १ सय १५ संक्रमित पुगेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जनाएका छन् ।