जनादेश, काठमाडौँ ।
केही दिन अघि देखि उजयालो नेपालका सहजकर्ता कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको व्यवस्थापक निर्देशकमा पुन नियुक्ति गर्नुपर्छ भन्दै उठेको सामाजिक सञ्जालको आवाज मंगलबार साझँ माईतिघर मण्डलामा भौतीक रुपमा विरोध प्रदर्शन गर्दै ओर्लीएको छ ।
चारै कुनाबाट एक्कासी जम्मा भएको विरोधको जनसागर ओर्लने बित्तिकै प्रहरी प्रशासन घेरा हाल्ने र लाठी चार्ज गर्ने उदेश्यका साथ मण्डलामा देखापर्यो । तर, युवाहरुको विशाल उपस्थितीका अगाडि प्रहरीको केही नलागेपछि छेउ छेउतीरबाट घेरा हाल्ने र लाठी चार्ज गर्ने हर्कत अघि बढाउन थाल्यो ।
राष्ट्रिय झण्डा हातहातमा लिएका युवाहरु कुलमान घिसिलाई नियुक्ति गर, मनपरीतन्त्र मुर्दावाद, शाला-सम्धि मुर्दावाद, उज्यालो नेपाल, जिन्दावाद आदि नारा लगाउदै आफ्नो विरोध प्रर्दशनको कार्यक्रमलाई उत्कर्षतिर लगिराखे । युवाहरुको जोश र गगनभेदी नाराले तातिएको माईतिघर मण्डलामा मैनबत्ति बालेर घिसिङको पुर्न नियुक्तिको सुभेक्षा प्रकट गरिएको थियो ।
भ्रष्टचारीलाई कार्वाही गर, मनपरीतन्त्र मुुर्दावाद आदि नाराहरु निरन्तर लागिरहेका थिए भने प्रहरी र प्रदर्शकारीबीच झडप पनि भइरहेको थियो ।
घिसिङको चार वर्षे कार्यकाल समाप्त भएसँगै पुन नियुक्ति नगरी उनलाई आज विदाई गरिएको छ । घिसिङ विद्युत प्राधिकरणमा प्रबन्धक निर्देशक भएर आएपछि काठमाडौँमा हरेक दिन १८ घण्टा हुने गरेको लोडसेडिङको अन्त्य हुनुका साथै दूरदराजका इलाकाहरुमा विद्युतीकरणको प्रकृया अघि बढीरहेको छ । उनी आउन् अघिसम्म घाटामा रहेको विघुत प्राधिकरणले आफ्ना ऋण सबै चुक्ता गरी हाल अर्बौको नाफामा चलिरहेको छ । विद्युत कम खर्च गर भन्दै आएको प्राधिकरणले कुमानको कशल नेतृत्व पाएपछि विद्युत बढी भन्दा बढी खर्च गर र शुल्क तीर भनी उजयालो नेपालको अभियानलाई अघि बढाएको थियो ।