जनादेश, काठमाडौं ।
बुधबार विहान ५ बजेर १९ मिनेटपछि सिन्धुपाल्चोक केन्द्र भएर शक्तिशाली भूकम्पको झट्का महसुस भएको छ ।
भूकम्पको केन्द्र विन्दु सिन्धुपाल्चोकको राम्चे आसपास रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस्को धक्का ६ रिक्टरस्केलको रहेको केन्द्रको भनाई छ ।
काठमाडौं लगायतका विभिन्न स्थानमा पनि यो भूकम्पको झट्का महसुस गरिएको छ । भूकम्प २ हजार ७२ सालको भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ ।
विहान उठ्नु अघि आएको भूकम्पका कारण मानिसहरु हतार हतार सडकमा निस्किएका थिए।