जनादेश, काठमाडौं ।
देशभर आज थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा गत चौबीस घण्टामा अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिएका छन् । १० हजार ४ सय ९४ नमूना परीक्षण गर्दा १५ सय ३९ जना कोरोना संक्रमित थपिएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिनुभयो ।
४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ ।
त्यस्तै २४ घण्टामा १ हजार ६८ जना कोरोना मुक्त भएका छन् भने थप ८ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको छ । यसैबीच विहीबारदेखि सार्वजनिक यातायात र कलकारखाना खुल्ने हुँदा सतर्क रहन तथा सरकारले तोकेको मापदण्ड पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले अबदेखी शवको परीक्षण नगर्ने र यसका लागि कानुन परिमार्जन गर्ने जानकारी पनि दिएको छ । स्वाव संकलन गरेको स्वाब नेगेटिभ १ महिना र पोजेटिभ भए ३ महिनासम्म स्टोर गरेर राख्न मन्त्रालयले अस्पतालहरुलाई आग्रह गरेको छ ।
हालसम्म ८ लाख ७२ हजार २ सय ७४ पिसिआर टेष्ट भएको छ । देशभर सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार २ सय ४२ रहेको छ । जस मध्ये संस्थागत आइसोलेशनमा ८ हजार ५ सय ४१ र होम आइसोलेशनमा ७ हजार ७ सय १ जना रहेका छन् ।
१ सय ७३ जनाको आइसियूमा र २६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ