चन्द्रप्रकाश नेपाली, घोराही ।
बराह क्षेत्र खानेपानी उपभोक्ता तथा सरसफाई समिति घोराहीको पाईप लाईनमा पहिरोले ठुलो क्षति पु¥याएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ ओढारेमा करिब १५ मिटर पाईप लाईन पहिरोले बगाएको समितिका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिनुभएको छ ।
अस्ती राती परेको भारी बर्षाका कारण पहिरो झरेका कारण खानेपानीको मुख्य लाईन नै बगेपछि उपभोक्ताहरुको धारामा पानी गएको छैन् ।
पाईप लाईन पहिरोले बगाउदा वडा नम्बर १३ र १६ का करिब २५ सय घरधुरी उपभोक्ता धाराको पानी पिउनबाट बन्चित भएका छन् । पाईप निकाल्ने र मर्मतको काम सुरु भएकाले करिब ४ दिन सम्म मर्मत भैसक्ने समितिका कार्यालय सचिब नरेश हमालले जानकारी दिनुभएको छ ।
उता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ चोरखोला भन्ने स्थानमा पहिरोले अमृतपुर खानेपानीको पाईप बगाएको छ । खानेपानीको मुख्य ५ वटा पाईप लाईन बगाए पछि २२ सय घरधुरी खानेपानीबाट बन्चित भएका छन् ।
करिब साढे ३ सय मिटर पाईप बगाएको र ३ दिन सम्ममा पानी सुचारु हुने खानेपानी संस्थामा सचिब दशरथ वलीले जानकारी दिनुभएको छ ।